सस्तियो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौँ- साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

 आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो। 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया