सुनको भाउमा भारी गिरावट

१ बर्ष अगाडि

काठमाडौँ- आइतबार साताको पहिलो कारोबार दिन सुनको भाउ भारी गिरावट आएको छ। 

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले ओरालो लागेको हो। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। 


गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन१ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया