काठमाडौँ- साताको दास्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया