काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार पुस महिना ९डिसेम्बर १६-जनवरी १४० मा खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य अघिल्लो महिना भन्दा ९.५६ प्रतिशतले बढेको छ। तर, विश्वव्यापी रूपमा भने विगत १० महिनादेखि खाद्य पदार्थको मूल्य लगातार रूपमा घटिरहेको छ।
हामी यस्तो विडम्बनापूर्ण अवस्थामा किन छौँ ? सबै बस्तुको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा हाम्रोमा पनि बढ्नु त स्वाभाविकै हो तर संसारभर मूल्य घट्दा समेत नेपालमा भने किन बढिरहेको छ भन्ने जस्ता प्रश्नको जवाफ खोज्नुपर्ने देखिएको छ।
नेपालमा मौलाएको कालोबजारी, त्यसलाई राजनीतिका नेतृत्वले गरेको संरक्षण, व्यापारी र कर्मचारीतन्त्र बिच रहेको अप्राकृतिक सम्बन्ध आदि लगायतका धेरै कुराले यहाँ खाद्य पदार्थको अस्वाभाविक मूल्य वृद्धिलाई वैध बनाइरहेको अवस्था छ। उपभोक्ता बादी देखी बजार अनुगमनकर्ता सबैले थाहा पाएको कुरा हो बजारमा ठुलो गडबडी छ। तर, त्यसतर्फ कसैले ध्यान दिएको छैन।
तरकारी, तेल, दुग्धजन्य उत्पादन र चिनीको मूल्य सूचकाङ्कमा विगत १० महिनादेखि आएको गिरावट जनवरीमा समेत कायम रहेको संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा छ। दुग्ध पदार्थ तथा अण्डाको मूल्य नेपालमा भने ९.७० प्रतिशतले बढेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि मार्च २०२२ मा एफएओ खाद्य मूल्य सूचकाङ्क १७.९ प्रतिशतले माथि पुगेको थियो।
थाइल्यान्डमा भएको फसलको राम्रो प्रगति र ब्राजिलको अनुकूल मौसमले विश्व बजारलाई सहयोग पुगेको छ। भारतमा कम बाली उत्पादनको चिन्ता रहे पनि ब्राजिलमा पेट्रोलको उच्च मूल्यका कारण त्यहाँ बढेको इथानोलको मागले गर्दा चिनीको मुल्यमा कमी आएको हो। साथै ब्राजिलियन रियल अमेरिकी डलरको तुलनामा कमजोर बन्दा चिनीको मूल्यमा त्यसको पनि प्रभाव पारेको देखिन्छ।
साथै, जनवरीमा वनस्पति तेलको मूल्य २.९ प्रतिशतले घटेको छ। जुन पाम आयल र भटमासको तेलको विश्वव्यापी आपूर्ति र सूर्यमुखीको बीउ र रेपसेड तेलको पर्याप्त निर्यात उपलब्धताका कारण यसरी मूल्य घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा गहुँको भाउ लगातार तेस्रो महिना घटेको छ । अष्ट्रेलिया र रुसले उत्पादनको अपेक्षालाई अगाडि बढाएपछि २.५ प्रतिशतले यसको मूल्य घटेको हो । यसैबिच, ब्राजिलबाट माग बढेको र अर्जेन्टिनामा सुख्खा अवस्थाको चिन्ता बढेसँगै मकैको विश्वव्यापी मूल्य अलिकति बढेको थियो। दुग्धजन्य उत्पादनका मूल्यहरू डिसेम्बरको तुलनामा औसत १.४ प्रतिशत कम भए तापनि चीज भने थोरै महँगो भएको देखिएको छ।
प्रतिक्रिया