काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया