सुन - चादिँको भाउमा सामान्य वृद्धि

विहीबार, २६ माघ २०७९, १० : ५३

काठमाडौँ-बिहीबार नेपाली बजारमा सुनको भाउ बढेकोछ। 

आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो। 

विहीबार, २६ माघ २०७९, १० : ५३

प्रतिक्रिया