ओरालो लाग्यो सुनको भाउ

शुक्रबार, २७ माघ २०७९, ११ : १६

काठमाडौँ- साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

 आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार, २७ माघ २०७९, ११ : १६

प्रतिक्रिया