उकालो लाग्दै सुन-चादिँको भाउ

आइतबार, २९ माघ २०७९, १० : ५५

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार, २९ माघ २०७९, १० : ५५

प्रतिक्रिया