बृहत राष्ट्रिय छालाजुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने

आइतबार, २९ माघ २०७९, १७ : ५९

काठमाडौँ  "कला र कौशलता हाम्रो, नेपाली ब्राण्ड नै राम्रो" भन्ने मुल नाराका साथ यहि मिती २०७९ फागुन ०३-०९ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौँको भृकुटी मण्डव प्रदर्शनी स्थलमा आठौँ बृहत राष्ट्रिय छालाजुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ ।

कार्यक्रमको उत्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवति चौधरीले गर्नेछिन् ।
 
मेलाले घरेलु तथा लगु उद्योगीहरुलाई वैज्ञानीक रुपमा आधुनिकिरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरिचित गराउदै राष्टिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने, पछिल्ला समयभन्दा नयाँ मोडलका आधुनिक जुत्ता चप्पल प्रर्दशन हुने अपङ्गता भएका व्यक्तीहरुको लागि विशेष किसिमको जुत्ता चप्पलहरु उपलब्ध हुने तथा ७० देखी ८० हजार दर्शक भित्राउने लक्ष्य लिएको छ । 

मेलामा ताजा उत्पादन रहनेछ । मेलामा ३० स्टल रहनुको साथै ३० जना उद्यमीले भाग लिने छन् । साथै उक्त मेलामा ७० करोड बिक्रिको अनुमान गरिएको संघले जनाएको छ ।


 

आइतबार, २९ माघ २०७९, १७ : ५९

प्रतिक्रिया