सुन–चाँदीको भाउ यथावत

सोमबार, ०१ फागुन २०७९, १० : ५२

काठमाडौँ- सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउ यथावत रहेको छ। 

 आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो। 

सोमबार, ०१ फागुन २०७९, १० : ५२

प्रतिक्रिया