शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

सोमबार, ०१ फागुन २०७९, १३ : ००

काठमाडौँ - नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यसाली विजेता बनि सकेका छन् भने sure shot पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।  शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २००/– देखि रु. ५००/– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो । 

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत Sure short पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क््रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ । 

शिवम् सिमेन्ट एक मात्र ओ.पि.सि सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको सिमेन्ट उद्योग हो । ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ९Biz News åf/f The Best Managed Company of the Year -2022, Award द्वारा सम्मानित गरेको छ । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ । 

नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकहरूको साथ अनि उनीहरुको  विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र विक्रि मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । 

“भरोसा अटुट सम्बन्धको”, “quality" को मामलामा  "no compromise", “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS k|dfl0ft ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

सोमबार, ०१ फागुन २०७९, १३ : ००

प्रतिक्रिया