सुनको भाउमा भारी गिरावट

मंगलबार, ०२ फागुन २०७९, ११ : ००

काठमाडौँ- मंगलबार नेपाली बजारमा  सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन१ लाख ३ हजार ३०० रुपैयाँ कायम भएको छ।


हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने आज पनि स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो। 

 

मंगलबार, ०२ फागुन २०७९, ११ : ००

प्रतिक्रिया