पुरानै दिशाा तर्फ फर्किदै सुनको भाउ

बुधबार, ०३ फागुन २०७९, १० : ५६

काठमाडौँ- बुधबार नेपाली बजारमा  सुनको भाउ घटेकोे छ। 

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो। 

 

बुधबार, ०३ फागुन २०७९, १० : ५६

प्रतिक्रिया