काठमाडौँ- सुनको भाउ ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चादीँ व्यवसाय मासंघले जनाएको छ ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया