घट्यो सुन - चाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, ०५ फागुन २०७९, १० : ५५

काठमाडौँ-  शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।


हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार, ०५ फागुन २०७९, १० : ५५

प्रतिक्रिया