काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको तरकारी तथा फलफुलको मूल्य भाउ तोकेको छ ।
जसअनुसार आज शनिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१६ रुपैयाँ, हरियो अंगुर १३२ रुपैयाँ ५० पैसा, अदुवा ९५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला, लाम्चो भन्टा र टाटे सिमी ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, भारतीय रातो आलु २४ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, हाइब्रीड काक्रो ४५, सौफको साग, हरियो धनिया र स्कूस प्रतिकेजी ४५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, किनु १३० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, लोकल गाजर २७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ र गोलभेडा ४१ रुपैयाँ तोकिएको छ ।
टनेल गोलभेडा प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, लोकल सिमी ८५ रुपैयाँ, चमसूर, पालूगो, पिंडालू, सलगम, मेथीको साग र जिरीको साग ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ३३० रुपैयाँ, तरुल ५६ रुपैयाँ ६७ पैसा, छडी माछा २५० रुपैयाँ, बचुवा माछा २७३ रुपैयाँ ३३ पैसा, तितो करेला १४५ रुपैयाँ, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग २८ रुपैयाँ ३३ पैसा, न्यूरो ११० रुपैयाँ, निबुवा ७६ रुपैयाँ ६७ पैसा, तराई परवर १९० रुपैयाँ, पार्सले र पुदीना ४५० रुपैयाँ छ ।
सुकेको भारतीय प्याज ३४ रुपैयाँ ८० पैसा, ब्रोकाउली, पाकेको फर्सी र बरेला ३५ रुपैयाँ, बकूला ६६ रुपैयाँ ६७ पैसा, बन्दा १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ७५ रुपैयाँ, भिण्डी १२६ रुपैयाँ ६७ पैसा, भुई कटहर १६५ रुपैयाँ, मटरकोशा र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, नेपाली मेवा ६४ रुपैयाँ, मौसम १६३ रुपैयाँ ३३ पैसा, रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ३३ रुपैयाँ ३३ पैसा, रुख कटहर ९६ रुपैयाँ, चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन ९६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, सजिवन २३६ रुपैयाँ ६७ पैसा, भारतीय सुन्तला १३० रुपैयाँ, सेलरी २२५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँ, ज्यापु काउली ३३ रुपैयाँ ३३ पैसा, झोले स्याउ २०० रुपैयाँ र फूजी स्याउ २७५ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया