उकालो लाग्दै सुनको भाउ

आइतबार, ०७ फागुन २०७९, १० : ५७

काठमाडौँ- साताको पहिलो दिन (आइतबार)  नेपाली बजारमा सुनको भाउ बढेको छ। 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, ०७ फागुन २०७९, १० : ५७

प्रतिक्रिया