काठमाण्डौ - नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै प्रतितोला छापावल सुन १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया