यस्तो छ तरकारी तथा फलफुलको बजार भाउ

मंगलबार, ०९ फागुन २०७९, १२ : ०३

काठमाडौँ -   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आज मंगलबारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १३३ रुपैयाँ ३३ पैसा, अदुवा ८५ रुपैयाँ, अनार २९३ रुपैयाँ ३३ पैसा अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, भारतीय रातो आलु २३ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, तराई काउली २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १७० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३७५ रुपैयाँ, कुरीलो ९५० रुपैयाँ, बुलेट खुर्सानी ८५ रुपैयाँ, सुकेको खुर्सानी ४२५ रुपैयाँ, तराई गाजर २२ रुपैयाँ ५० पैसा र लोकल गाजर २७ रुपैयाँ ५० पैसा तोकिएको छ । 

यसैगरी गुन्द्रुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, गोलभेडा ३८ रुपैयाँ ३३ पैसा, राजमा ८६ रुपैयाँ ६७ पैसा, लोकल सिमी ७६ रुपैयाँ, चमसूरको साग ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२५ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, जिरीको साग ४६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ, तरुल ६५ रुपैयाँ, छडी माछा २५० रुपैयाँ, मुंगरी माछा ३२० रुपैयाँ, रहु माछा ३४५ रुपैयाँ, तितो करेला १४६ रुपैयाँ ६७ पैसा, तोरीको साग २५ रुपैयाँ, निबुवा ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर २५० रुपैयाँ, पालूगो साग ४६ रुपैयाँ ६७ पैसा र पिंडालू ४५ रुपैयाँ छ । 

त्यस्तै, पुदीनाको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ २० पैसा, हरियो प्याज ३६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३५ रुपैयाँ, बकूला ६६ रुपैयाँ, बन्दा १७ रुपैयाँ ५० पैसा, ब्रोकाउली ३५ रुपैयाँ, बरेला ३० रुपैयाँ, भिण्डी १३५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, मटरकोशा ६४ रुपैयाँ, मेथीको साग ४६ रुपैयाँ ६७ पैसा, नेपाली मेवा ६५ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, सुकेको चाइनिज लसुन १८६ रुपैयाँ, नेपाली लसुन ८६ रुपैयाँ ६७ पैसा, लौका ६५ रुपैयाँ, सखरखण्ड ७६ रुपैयाँ, सजिवन २३० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, सौफको साग १९३ रुपैयाँ ३३ पैसा, स्कूस ४३ रुपैयाँ ३३ पैसा स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली ३३ रुपैयाँ ३३ पैसा, हरियो धनिया ३५ रुपैयाँ, झोले स्याउ २०० रुपैयाँ र फूजी स्याउ २७५ रुपैयाँ तोकिएको छ । 

 

मंगलबार, ०९ फागुन २०७९, १२ : ०३

प्रतिक्रिया