काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया