वार्षिक साधारण सभा डाक्दै जगदम्बा स्टील्स

विहीबार, ११ फागुन २०७९, १३ : १४

काठमाडौँ- जगदम्बा स्टील्स लिमिटेडले आफ्नो कम्पनीको प्रथम वार्षिक साधारण सभा चैत १ गते गर्ने निर्णय गरेको छ । 

कम्पनीको गत फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा चैत १ गते गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ः३० बजे आयोजना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने विशेष प्रस्थाव पारित गर्नेछ । कम्पनीले साधारण सभामार्फत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ । तर के कति बोनस शेयर भने खुलाएको छैन । सभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावलाई समेत पारित गर्नेछ ।

साथै गत आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले सञ्चालकहरूको पारिश्रमिक र भत्ता निर्धारणको विषय पारित गर्दै स्वतन्त्र नियुक्ती गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ ।

विहीबार, ११ फागुन २०७९, १३ : १४

प्रतिक्रिया