शौर्य सिमेन्ट इण्डष्ट्रिजद्धारा वार्षिक साधारण सभा आह्वान

विहीबार, ११ फागुन २०७९, १३ : २२

काठमाडौँ-  शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले चैत १ गते पहिलो बार्षिक साधारण सभा गर्ने भएको हो । सभा नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ः३० बजे शुरू गर्ने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीबमोजिम सर्वसाधारणमा जारी गर्ने भनी छुट्याएको शेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विहीबार, ११ फागुन २०७९, १३ : २२

प्रतिक्रिया