सुनको भाउ पुरानो लयमा फर्किदै

शुक्रबार, १२ फागुन २०७९, १० : ५८

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल सुन१ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन१ लाख १ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। 

 

शुक्रबार, १२ फागुन २०७९, १० : ५८

प्रतिक्रिया