आजको तरकारी तथा फलफुलको बजार भाउ

शुक्रबार, १२ फागुन २०७९, ११ : ४१

काठमाडौँ  - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको बजार भाउ तोकेको छ ।

जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अदुवा ८६ रुपैयाँ, अनार २८३ रुपैयाँ ३३ पैसा, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, भारतीय रातो आलु २२ रुपैयाँ ७५ पैसा, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, तराई काउली १७ रुपैयाँ ५० पैसा, स्थानीय काउली १८ रुपैयाँ, लोकल काक्रो १३६ रुपैयाँ ६७ पैसा, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १९० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३७५ रुपैयाँ, कुरीलो ७०० रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४२५ रुपैयाँ, तराई गाजर १७ रुपैयाँ ५० पैसा र लोकल गाजर २७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यस्तै, गान्टे मूलाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, गोलभेडा ५५ रुपैयाँ, टनेल गोलभेडा १७ रुपैयाँ ५० पैसा, ग्याठ कोबी ५५ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, घिरौला १५० रुपैयाँ, चमसूरको साग ५६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, सुकेको छ्यापी ३२५ रुपैयाँ, जिरीको साग ४६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ, तरुल ६५ रुपैयाँ, छडी माछा २५० रुपैयाँ, मुंगरी ताजा माछा ३२० रुपैयाँ, तामा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १३० रुपैयाँ, तोफु १२६ रुपैयाँ ६७ पैसा र तोरीको साग २७ रुपैयाँ ५० पैसा पर्नेछ । 

निबुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, तराई परवर २१० रुपैयाँ, पार्सले २७५ रुपैयाँ, पालूगो साग ५६ रुपैयाँ ६७ पैसा, पिंडालू ४६ रुपैयाँ ६७ पैसा, पुदीना ३७५ रुपैयाँ, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, बकूला ६६ रुपैयाँ ६७ पैसा, बन्दा १८ रुपैयाँ, बरेला २५ रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ, भिण्डी प्रतिकेजी १३० रुपैयाँ र भेडे खुर्सानी ६५ रुपैयाँ र मटरकोशा ५५ रुपैयाँ पर्नेछ । 

शुक्रबार, १२ फागुन २०७९, ११ : ४१

प्रतिक्रिया