हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

शुक्रबार, १२ फागुन २०७९, ११ : ५१

काठमाडौँ- कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । कोइला अभावका कारण दुई हप्तादेखि बन्द उद्योग कोइला आपूर्ति भएपछि पुनः सञ्चालनमा आएको हो । 

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । 

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । 

बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए । 

शुक्रबार, १२ फागुन २०७९, ११ : ५१

प्रतिक्रिया