फलफुल तथा तरकारीको मुल्य कति ?

शनिबार, १३ फागुन २०७९, ११ : ०६

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको फलफुल तथा तरकारीको मुल्य तोकेको छ । 

जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा, हरियो अंगुर १३० रुपैयाँ, अदुवा ८६ रुपैयाँ ६७ पैसा, अनार २७५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु २३ रुपैयाँ ७५ पैसा, सेतो आलु १८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १५ रुपैयाँ, लोकल काक्रो १४५ रुपैयाँ, हाइब्रीड काक्रो ४५ रुपैयाँ, कागती २२० रुपैयाँ, किनु १२७ रुपैयाँ ५० पैसा, किवि ४५० रुपैयाँ, कुरीलो ९०० रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, तराई गाजर २३ रुपैयाँ ३३ पैसा र लोकल गाजर २७ रुपैयाँ ५० पैसा तोकिएको छ । 

गान्टे मूलाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, गोलभेडा ५५ रुपैयाँ, ग्याठ कोबी ४६ रुपैयाँ ६७ पैसा, राजमा सिमी ८६ रुपैयाँ ६७ पैसा, लोकल सिमी ८५ रुपैयाँ, घिरौला १२७ रुपैयाँ ५० पैसा, चमसूरको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, जिरीको साग ४६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, हरियो तरबुजा ३५ रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी माछा ३२० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग २५ रुपैयाँ, चाइनिज नासपाती २३५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, निबुवा ७६ रुपैयाँ ६७ पैसा, लोकल परवर २१० रुपैयाँ, पार्सले ३१६ रुपैयाँ ६७ पैसा, पालूगो साग र पिंडालू ४६ रुपैयाँ ६७ पैसा, पुदीना ३७५ रुपैयाँ र सुकेको भारतीय प्याज ३२ रुपैयाँ तोकिएको छ । 

शनिबार, १३ फागुन २०७९, ११ : ०६

प्रतिक्रिया