सुनको भाउमा भारी गिरावट

आइतबार, १४ फागुन २०७९, ११ : १३

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, १४ फागुन २०७९, ११ : १३

प्रतिक्रिया