सुनको भाउ लगातार घट्दै, आज कतिमा हुदैछ कारोबार ?

सोमबार, १५ फागुन २०७९, १० : ५३

काठमाडौँ- साताको दास्रो कारोबारको दिन नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । 

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।  योसँगै प्रतितोला छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, १५ फागुन २०७९, १० : ५३

प्रतिक्रिया