काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि जन्य बस्तुको बजार भाउ तोकेको छ ।
जस अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर १२३ रुपैयाँ ३३ पैसा, अदुवा १०५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला, रातो बन्दा, निबुवा र उखु प्रतिगोटा ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ ६० पैसा, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली २१ रुपैयाँ ६० पैसा, लोकल काक्रो १०० रुपैयाँ, कागती २२० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ४५० रुपैयाँ, कुरीलो ७०० रुपैयाँ, कोइरालो, गुन्द्रुक २७५ रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ, तराई गाजर २३ रुपैयाँ ३३ पैसा, लोकल गाजर २७ रुपैयाँ ५० पैसा, गान्टे मूला ६६ रुपैयाँ ६७ पैसा र गोलभेडा ५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, लोकल सानो गोलभेडा १८ रुपैयाँ, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला १४० रुपैयाँ, चमसूरको साग, हरियो लसुन, पिंडालू र पालूगो साग प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ २७५ रुपैयाँ, सुकेको छ्यापी ३२५ रुपैयाँ, जिरीको साग ४५ रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तरुल ५६ रुपैयाँ ६७ पैसा, छडी ताजा माछा २५० रुपैयाँ, तितो करेला १२६ रुपैयाँ ६७ पैसा, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग २५ रुपैयाँ, न्यूरो ११३ रुपैयाँ ३३ पैसा, परवर १६३ रुपैयाँ ३३ पैसा, पार्सले २७५ रुपैयाँ, पालूगो साग ४६ रुपैयाँ ६७ पैसा, पुदीना २८३ रुपैयाँ ३३ पैसा, पुदीना २८३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ३० रुपैयाँ ८० पैसा छ ।
त्यस्तै, बकूला प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, बन्दा १७ रुपैयाँ ५० पैसा, बरेला, ब्रोकाउली र रायोको साग ३५ रुपैयाँ, डल्लो भन्टा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी १२५ रुपैयाँ, भुई कटहर १७० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, मेथीको साग ५६ रुपैयाँ ६७ पैसा, नेपाली मेवा ६५ रुपैयाँ, सुकेको लसुन १८६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, सजिवन १४६ रुपैयाँ ६७ पैसा, सलगम ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुन्तला १२० रुपैयाँ, सेलरी १३५ रुपैयाँ, सौफको साग ५६ रुपैयाँ ६७ पैसा, स्कूस ४३ रुपैयाँ ३३ पैसा, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली २८ रुपैयाँ ३३ पैसा, झोले स्याउ २०० रुपैयाँ र हरियो धनिया ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
विस्तृतमा हेर्नुस्
प्रतिक्रिया