काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजावि सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया