बढ्यो सुन-चाँदीको भाउ

बुधबार, १७ फागुन २०७९, १० : ५३

काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
 
 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ। 


हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, १७ फागुन २०७९, १० : ५३

प्रतिक्रिया