सुनको भाउ बढ्यो कतिमा हुदैछ कारोबार

विहीबार, १८ फागुन २०७९, ११ : ०५

काठमाडौँ-  बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको  छ।

आज सुनको भाउ ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख २ हजार ६०० रुपैयाँ र तेजावि सुन १ लाख २ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलाको ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड सुन १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो। 

 

विहीबार, १८ फागुन २०७९, ११ : ०५

प्रतिक्रिया