काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ ।
जसअनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर १२५ रुपैयाँ, अदुवा, अम्बा, रुख कटहर र न्यूरो प्रतिकेजी ११० रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला १०५ रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु २३ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ, इमली १४५ रुपैयाँ, तराई काउली २२ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २७ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ११५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, किनु १३० रुपैयाँ, किवि ४५० रुपैयाँ, कुरीलो ७०० रुपैयाँ, कोइरालो १९० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ, सुकेको खुर्सानी ४२५ रुपैयाँ, तराई गाजर १७ रुपैयाँ ६७ पैसा र लोकल गाजर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
यसैगरी, गुन्द्रुक प्रतिकेजी २७५ रुपैयाँ, गोलभेडा ५५ रुपैयाँ, टनेल गोलभेडा २२ रुपैयाँ ३३ पैसा, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौला १४० रुपैयाँ, चमसूरको साग, हरियो लसुन, मेथीको साग, रातो मूला, ब्रोकाउली, हरियो प्याज, पालूगो साग र जिरीको साग ४५ रुपैयाँ, चुकुन्दर, सखरखण्ड, रातो बन्दा र भन्टा ७५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौला १४० रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ ६७ पैसा, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तरुल ५५ रुपैयाँ, छडी माछा २५० रुपैयाँ, रहु माछा ३४५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, तोरीको साग २५ रुपैयाँ, निबुवा ६५ रुपैयाँ, परवर १६५ रुपैयाँ, बकूला ६५ रुपैयाँ, बरेला ३५ रुपैयाँ, भिण्डी ११५ रुपैयाँ, मटरकोशा ६५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया