काठमाडौँ - युवा तथा साना व्यवसायी स्वरोजगार कोष १५ वर्षमा प्रवेश गरेको छ । २०६५ साल फागुन १९ गतेदेखि औपचारिक शुभारम्भ भएको कोषले १४ वर्ष पुरा गरेर १५ वर्षमा प्रवेश गरेको हो ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको कोष आर्थिक रुपले विपन्न व्यक्तिहरुलाई आय आर्जन गरेर जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यका साथ स्थापना भएको थियो। कोषले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति या समुदायलाई आर्थिक उपार्जन गर्ने उद्देश्य लिएको छ । त्यस्तै गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जातजातिहरुलाई व्यवसायीक खेती, पशुपक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति २ लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु मुख्य उद्देश्य रहेको छ ।
कोष नेपाल सरकारबाट प्रशासकीय कार्यविधि ९नियमित गर्ने० ऐन, २०१३ अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७० अनुसार सञ्चालित छ। यस कोषले १८ देखि ६० वर्ष उमेर समूहका आर्थिक रूपमा विपन्न बेरोजगार युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो सुलभ ब्याजदरमा व्यवसायीक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कोषले १४ वर्षको अवधिमा १२ अर्ब १३ करोड ११ लाख ८५ हजार रुपैयाँ लगानी गरेको छ भने हाल लगानीमा रहेको रकम ४ अर्ब २४
करोड ६५ लाख ७ हजार ६७५ रुपैयाँ रहेको कोषले जनाएको छ।
प्रतिक्रिया