काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया