काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुनको मुल्य तोलामा ३०० रुपैयाले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने बढेको हो ।
यस्तै आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको हो।
प्रतिक्रिया