काठमाडौँ- र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका फलफूल तथा तरकारीको बजार भाउ तोकेको छ ।
जस अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, हरियो अंगुर १३६ रुपैयाँ ६७ पैसा, अदुवा ९६ रुपैयाँ ६७ पैसा, अनार २६५ रुपैयाँ, अमला, माछे खुर्सानी, लोकल घिउ सिमी, डल्लो भन्टा र रातो बन्दा ७५ रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, भारतीय रातो आलु २१ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ ६७ पैसा, कागती २३५ रुपैयाँ, किनु १३० रुपैयाँ, कुरीलो ७०० रुपैयाँ, किवि ४५० रुपैयाँ, कोइरालो २७५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँ, तराई गाजर २२ रुपैयाँ ५० पैसा, लोकल गाजर २७ रुपैयाँ ५० पैसा र गुन्द्रुक २७५ रुपैयाँ छ ।
त्यसैगरी गोलभेडा प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, तराई गोलभेडा ३० रुपैयाँ, घिरौला ७६ रुपैयाँ, चमसूरको साग, सौफको साग, लौका, रायोको साग, हरियो लसुन, मेथीको साग, ब्रोकाउली, हरियो प्याज, पालूगो साग र जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, हरियो तरबुजा ३७ रुपैयाँ ५० पैसा, छडी माछा २५० रुपैयाँ, बचुवा माछा २७० रुपैयाँ, मुंगरी माछा ३१५ रुपैयाँ, तोरीको साग ३६ रुपैयाँ ६७ पैसा, न्यूरो ११० रुपैयाँ, पार्सले २७५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, बकूला ५८ रुपैयाँ ३३ पैसा, बन्दा १४ रुपैयाँ, बरेला ६५ रुपैयाँ, भिण्डी १४६ रुपैयाँ ६७ पैसा र मटरकोशालाई ५६ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया