काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ काय भएको छ। गत आइतबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया