सुनको भाउमा भारी गिरावट

बुधबार, २४ फागुन २०७९, १२ : १४

काठमाडौं  - नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउमा  भारी  गिरावट आएको  छ। 

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन१ लाख १ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार, २४ फागुन २०७९, १२ : १४

प्रतिक्रिया