काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया