सुनको भाउ बढ्यो कतिमा हुदैछ कारोबार ?

शुक्रबार, २६ फागुन २०७९, १० : ५०

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्डछापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो। 

 

शुक्रबार, २६ फागुन २०७९, १० : ५०

प्रतिक्रिया