आजको फलफुल तथा तरकारीको बजार भाउ, कुनको कति ?

शनिबार, २७ फागुन २०७९, १२ : ५९

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको फलफुल तथा तरकारीको बजार भाउ तोकेको छ । 

जसअनुसार आज शनिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २३० रुपैयाँ, हरियो अंगुर १३६ रुपैयाँ ६७ पैसा, अदुवा ९६ रुपैयाँ ६७ पैसा, अनार २७५ रुपैयाँ, अमला ८६ रुपैयाँ ६७ पैसा, आभोकाडो ५५० रुपैयाँ, आम्बा २३० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ५० रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती २६५ रुपैयाँ, किनु १४० रुपैयाँ, कुरीलो ६०० रुपैयाँ, कोइरालो २२५ रुपैयाँ र अकबरे खुर्सौनी २७५ रुपैयाँ रहेको छ ।

शनिबार, २७ फागुन २०७९, १२ : ५९

प्रतिक्रिया