सिटिजन्स् क्यापिटलमार्फत माया खोलाको सेयर रजिष्ट्रार

आइतबार, २८ फागुन २०७९, ०८ : ५७

काठमाडौं - सिटिजन्स् क्यापिटल मार्फत माया खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।

अब सिटिजन्स् क्यापिटलले माया खोलाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

आइतबार, २८ फागुन २०७९, ०८ : ५७

प्रतिक्रिया