६ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

आइतबार, २२ कार्तिक २०८३, १० : ४०

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका(१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख ९कात्तिक १५(२० गते० सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उहाँले बताउनुभयो । 

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास ९होमस्टे० व्यवसायीमा नयाँ उत्साह थपेको उहाँले बताउनुभयो । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ ।

आइतबार, २२ कार्तिक २०८३, १० : ४०

प्रतिक्रिया