हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

शनिबार, २१ कार्तिक २०८३, ११ : ००

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार (२०८३ कात्तिक २० गते) काठमाडौंको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण छलफलपछि पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थाले हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको थियो । सो अवसरमा सभाका अध्यक्षले संस्थाका भावी योजना तथा रणनीतिबारे जानकारी गराउँदै शेयरधनी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाले निरन्तर प्रदान गर्दै आएको साथ र सहयोगप्रति आभार व्यक्त गरे ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको हिमालयन क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, शेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापक, डिपोजिटरी तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

शनिबार, २१ कार्तिक २०८३, ११ : ००

प्रतिक्रिया