सुनचाँदी

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २० कार्तिक २०८३, १२ : ०२

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ  तोलामा पाँच हजार नौ सय रूपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ। 

बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला तीन हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शुक्रबार, २० कार्तिक २०८३, १२ : ०२

प्रतिक्रिया