सुनचाँदी

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १७ कार्तिक २०८३, ११ : २५

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ। 

सोमबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।

सोमबार प्रतितोला तीन हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मंगलबार, १७ कार्तिक २०८३, ११ : २५

प्रतिक्रिया