काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया