लेखक रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ द्धारा सम्मानित

आइतबार, १५ कार्तिक २०८३, ११ : २४

काठमाण्डौं- शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिए वापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । 

शब्दयात्रा प्रकाशनले कात्तिक १४ गते शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा आयोजना गरेको ‘शब्द साधना प्रस्तुतिकरण, विद्वत्वृत्ति, शब्दयात्रा सम्मान तथा पुस्तक सार्वजनिकीकरण समारोह’मा गौतमलाई उक्त कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा पत्रकार उज्ज्वलजङ्ग पराक्रम शाह र कालोटोपी डटकम पनि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित भएका छन् ।

त्यसैगरी, शब्दयात्रा प्रकाशनले सायित्य सर्जकहरु डा. इन्दुल केसी, स्वयम्भू शाक्य, सुदीप अधिकारी, निर्मला श्रेष्ठ र नवराज दाहाल ‘उत्साही’लाई विद्वत्वृत्ति समर्पण गरेको छ । लोकमान मास्केले विद्वत्वृत्ति तथा हरिगोपाल प्रधानाङ्गले सम्मानपत्र प्रदान गरेको कार्यक्रममा साहित्य, भाषा, संस्कृति तथा सञ्चारलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मान गरिएको थियो ।

कार्यक्रममा विष्णुप्रसाद आचार्य र सहदीप पलाञ्चोकेका कृतिहरू सार्वजनिक गरिएको थियो । यसै अवसरमा हरि मञ्जुश्रीको रचना तथा संगीत रहेको र रश्मि अधिकारी हुमागाईंको स्वरमा सजिएको शब्दयात्रा प्रकाशनको नयाँ गान समेत सार्वजनिक गरियो । उक्त गान खड्गप्रसाद सापकोटाले सार्वजनिक गरेको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष कृष्णमणि कुईंकेलले गरेका थिए ।
 

आइतबार, १५ कार्तिक २०८३, ११ : २४

प्रतिक्रिया