अपडेट

दानबहादुर कार्की सर्वोच्च पुगे, मनोज केसीको नियुक्तिविरुद्ध रिट दायर गर्दै

विहीबार, १९ कार्तिक २०८३, १२ : ३४

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले बुधबार आफूलाई आईजीपी पदबाट हटाएर डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

कार्कीनिकट अधिवक्ता टीकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट पुगेको जानकारी दिएका छन् । उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोज केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । अब सर्वोच्च अदालतले कार्कीको रिट दर्ता गरी सुनुवाइ अघि बढाउँछ वा बढाउँदैन भन्ने चासो बढेको छ ।

विहीबार, १९ कार्तिक २०८३, १२ : ३४

प्रतिक्रिया